×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौँ महानगरपालिकाले खुलामञ्च भित्र बनाइएका संरचना हटाउन थाल्यो (भिडियो रिपोर्ट)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

काठमाडौँ महानगरपालिकाले खुलामञ्च भित्र बनाइएका संरचना हटाउन थाल्यो (भिडियो रिपोर्ट)

५ फाल्गुन २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खुलामञ्च भित्र बनाइएका संरचना हटाउन थालेको छ । खुलामञ्चमा वीर अस्पताल र दरबार हाइस्कूलको भवन पुननिर्माण गर्न निर्माण सामग्रीहरु र त्यहाँ काम गर्ने केही कामदारहरु अस्थाई रुपमा बस्दै आएका थिए । दुवै भवन निर्माण सम्पन्न भएपनि निर्माणकर्ताले निर्माण सामग्री र कामदार हटाएको थिएन । काठमाडौँ महानगरले खुलामञ्च भित्र भएको अतिक्रमण रोक्न नसकेको आरोप खेप्दै आएको थियो ।
आज बिहानबाट (बुधबार) महानगरले डोजर लगाएर त्यस भित्र रहेका घर टहरा साथै सबै संरचना भत्काउन थालेको छ । भत्काउने टोलीको संयोजन गरिरहनु भएका काठमाडौँ महानगरका नगर प्रहरी नायब उपरीक्षक दिनेश अर्यालले ३ दिन भित्र खुलामञ्च खाली गरिने बताउनुभयो। खुलामञ्च भित्र अहिले वीर अस्पताल बनाईरहेको चिनिया निर्माण कम्पनीको साइट कार्यालय र बसपार्क रहेको छ । हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्

सिफारिस: