×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंक र टाइटन जिम एन्ड फिटनेसबीच सम्झौता, फिटनेसको शुल्कमा छुटैछुट

PRIME CA
GLOBAL IME BANK

कुमारी बैंक र टाइटन जिम एन्ड फिटनेसबीच सम्झौता, फिटनेसको शुल्कमा छुटैछुट

२ फाल्गुन २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । आफ्ना ग्राहकहरुलाई स्वास्थ्य र स्वास्थ्य सम्बन्धी विभिन्न क्रियाकलापमा विभिन्न सहुलियत दिने उद्देश्यमा अग्रसर कुमारी बैंक लिमिटेडले टाइटन जिम एन्ड फिटनेस सेन्टरसँग सम्झौता गरी आफ्ना सेवाग्राहीहरूलाई विभिन्न सुविधा उपलब्ध गराउने प्रावधान गरेको छ ।
यो सम्झौता अन्तर्गत बैंकमा खातावाल सेवाग्राहीहरूले टाइटन जिम एन्ड फिटनेसको मासिक सदस्यतामा ५%, त्रैमासिक सदस्यतामा १०%, अर्धवार्षिक सदस्यतामा १५%, तथा वार्षिक सदस्यतामा ३०% छुट प्राप्त गर्ने प्रावधान छ । कुमारी बैंक लिमिटेडका सेवाग्राहीहरूले कुमारीपाटीस्थित टाइटन जिम एन्ड फिटनेस सेन्टरमा सदस्यता लिई यो सुविधाबाट लाभ लिन सक्नुहुनछ ।
कुमारी बैंकले आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १६२ एटिएम, २२ शाखारहित बैंकिङ इकाई तथा १३ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएको र आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: