×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंक लिमिटेडको क्युआर कोड सेवा ललितपुरकाे ग्वार्कोस्थित तरकारी तथा फलफूल बजारमा

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

कुमारी बैंक लिमिटेडको क्युआर कोड सेवा ललितपुरकाे ग्वार्कोस्थित तरकारी तथा फलफूल बजारमा

१३ फाल्गुन २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कुमारी बैंकले ललितपुरकाे ग्वार्कोस्थित तरकारी तथा फलफूल बजारका व्यवसायीहरूलाई सहज रूपले नै मोबाइल फोनबाट भुक्तानी प्राप्त गर्न सकिने सुविधा अर्थात् क्युआर सुविधा प्रधान गरी सहज भुक्तानीको विकल्प ल्याएको छ । कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीको उपस्थितिमा मुख्य अतिथि चिरिबाबु महर्जनले सो क्युआर कोडहरू हस्तान्तरण गरेका थिए । 
नगद वा कार्डको विकल्पमा आफ्नो मोबाइल फोनबाट भुक्तानी गर्न सकिने डिजिटल प्रविधिलाई प्रवर्धन गर्दै कुमारी बैंकले आफ्ना ग्राहकहरूका लागि “कुमारी स्मार्ट” नामको मोबाइल एप्लिकेसन रहेको छ । यो एपबाट क्युआर कोड स्क्यान गरी सुरक्षित र सजिलो भुक्तानी गर्न सकिन्छ । यस्तो सेवाको प्रयोग गर्दा कुनै पनि थप शुल्क नलाग्ने हुनाले कागजी नगद यो विकल्प नवीन र सहज पनि छ । यसका साथै कुमारी बैंक लिमिटेडका क्युआर कोड उपलब्ध भएका व्यवसायिक स्थान वा प्रतिष्ठानहरूको सङ्ख्या ७ हजारभन्दा बढी पुगेको छ ।
बैंकले आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १६२ एटिएम, २२ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएको छ । बैंकले आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: