×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंक र के. जि .यच ग्रूपबीच सहकार्य, बैंकका ग्राहकले होटलका विशेष सेवाहरुमा छुट पाउने

PRIME CA
GLOBAL IME BANK

कुमारी बैंक र के. जि .यच ग्रूपबीच सहकार्य, बैंकका ग्राहकले होटलका विशेष सेवाहरुमा छुट पाउने

१६ फाल्गुन २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । कुमारी बैंक लिमिटेड र के. जि. यच ग्रूपबीच होटलका विशेष सेवाहरुमा कुमारी बैंकका डेबिट क्रेडिट कार्डवाहकहरुलाई विशेष छुटको प्रावधान सम्बन्धी सम्झौता भएको छ । जिन्दगीको निरन्तर भागदौडमा थकित तन र मनलाई सक्रियशील राख्न लगायत शारीरिक स्फूर्ति एवं मानसिक उर्जा र सचेतना पूर्णजागरणका लागी विश्राम अत्यावश्यक रहेको छ ।
सोही कुरालाई मध्यनजर गर्दै, कुमारी बैंकले आफ्ना ग्राहकहरूलाई यस सहकार्य मार्फत के. जि. यच ग्रूप , अन्तर्गतका होटेल, यात्रा एजेन्ट र संग्रहालय सेवाहरुमा आकर्षक छुटको प्रावधान मिलाएको छ । बैंकका डेबिट÷क्रेडिट कार्डवाहकहरुले उक्त के. जि. यच ग्रुप अन्तर्गतका होटेल रेस्टुरेन्टहरुमा खानपानमा, स्पा सुविधाहरुमा र संग्रहालय शुल्कमा १०% सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
कुमारी बैंकले आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १६२ एटिएम, २५ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त डिजिटल पूर्वाधारहरु सुदृढ पार्दै जाने प्रतिबद्धता जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: