×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंक र ठमेल पर्यटन विकास परिषदबीच सहकार्य, व्यवसाय पुनर्जीवन कर्जा सेवा उपलब्ध गराईने

PRIME CA
GLOBAL IME BANK

कुमारी बैंक र ठमेल पर्यटन विकास परिषदबीच सहकार्य, व्यवसाय पुनर्जीवन कर्जा सेवा उपलब्ध गराईने

४ फाल्गुन २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । कोभिड महामारीले प्रभावित पर्यटन व्यवसायीहरुको कारोबार पुनर्जागरणका लागि कुरी बैंक लिमिटेड र ठमेल पर्यटन विकास परिषदबीच ठमेल पर्यटन व्यवसाय पुनर्जीवन कर्जा सेवा उपलब्ध गराउने सम्बन्धमा सहकार्य भएको छ । उक्त सहकार्य अन्तर्गत ठमेल पर्यटन विकास परिषदमा आबद्ध रजिष्टर्ड सदस्य व्यवसायीहरुलाई उक्त कर्जा सुविधा प्रदान गरिने छ ।
यसरी प्रदान गरिने अधिविकर्ष तथा चालु पूँजी कर्जा लगायत आवधिक कर्जाको सीमा अधिकतम रु १५,००,०००÷– रहने छ । उक्त कर्जाहरु व्यवसायको संचालन तथा प्रशासनिक खर्च व्यवस्थापनको लागि लगानी गर्ने बैंकले जानकारी दिएको छ । उक्त कर्जा, आकर्षक ब्याजदर तथा न्यूनतम प्रशासनिक शुल्कमा प्रदान गरिने छ ।
आफ्ना देशव्यापी १९२ शाखा संञ्जाल, १५६ एटिएम, २३ शाखा रहित बैंकिंग ईकाई र १३ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिंग सेवा सुविधाहरु उपलब्ध गराइरहेकोे कुमारी बैंकले स्थानिय अर्थ व्यवस्था, खासगरी पर्यटन व्यवसायको बिकासको निमित्त आगामी दिनहरुमा अझ प्रभावकारी सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: