
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । ४८.५० मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत परियोजनाको लागी लगानी जुटेको छ । कुमारी बैंकको अगुवाईमा सहवित्तीयकरण कर्जा अन्तर्गत तुदि पावर कम्पनी प्राइभेट लिमिटेडले निर्माण गर्न लागेको म्याग्दि जिल्ला भएर बग्ने राहुघाट खोलामा बन्न लागेको उक्त परियोजनामा लगानी जुटेको हो । उक्त सहवित्तीयकरण सम्झौता अन्तर्गत कुमारी बैंक बाहेक ग्लोबल आइएमई बैंक, सह-अगुवाई बैंकको रुपमा रहेको छ भने अन्य सहभागी बैंकको रुपमा सिद्धार्थ बैंक लिमिटेड, नेपाल क्रेडिट एण्ड कमर्ज बैंक र माछापुच्छ्र्र्रे बैंक लिमिटेड रहेका छन् ।
यस परियोजनाको कूल लागत खर्च ८ अर्ब ३० करोड रुपैयाँ मध्ये सहवित्तीयकरण बैंकहरुबाट जम्मा ऋण कर्जा ५ अर्ब ८१ करोड रुपैयाँ प्रवाह हुनेछ । प्रवन्धक कम्पनीको मूख्य लगानीकर्ताको रुपमा हिमालयन इन्फ्रास्ट्रक्चर फण्ड लिमिटेड, तुदी इन्भेष्टमेन्ट कम्पनी प्राईभेट लिमिटेड र महेश्वर प्रकाश श्रेष्ठ रहने छन् भने वैदेशिक लगानीकर्ताको रुपमा चिनियाँ कम्पनी, सिचुवान जी अन्ताई एनर्जी डेभेलपमेन्ट कम्पनी लिमिटेड रहनेछ ।
परियोजनाबाट वि.स २०८० सम्म विद्युत उत्पादन गर्ने लक्ष्य लिईएको छ । जलविद्युत आयोजना राष्ट्रिय प्राथमिकता क्षेत्र अन्तर्गत पर्ने गएको हुनाले, बैंक तथा वित्तिय संस्थाहरुले यस क्षेत्रमा लगानीको दायरा बढाईरहेका छन् । कुमारी बैंकले राष्ट्रिय प्राथमिकता अन्तर्गतका विविध आयोजनाहरुमा लगानी गर्दै आईरहेको र उक्त कार्य निरन्तर रुपमा अघि बड्दै जाने बैंकले जानकारी गराएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्