
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कुमारी बैंकको एटीएम कार्ड लिएका ग्राहकले मेरिना इम्पेक्स एण्ड टेलरिङ सेन्टरमा सर्टिङ, सुटिङ तथा टेलरिङ सेवा लिँदा २० प्रतिशत छुट पाउने भएका छन् । बैंकको डेविट कार्ड वा क्रेडिट कार्ड मध्ये जुन भए पनि उक्त छुट पाउने छन् । बैंकका कर्मचारीले भने थप ५ प्रतिशत अर्थात २५ प्रतिशत छुट पाउने मेरिना इम्पेक्सले जनाएको छ ।
यस्तो सहकार्य गर्ने विषयमा दुई कम्पनीबीच विहीबार सम्झौता भएको छ । सम्झौता पत्रमा मेरिना इम्पेक्स एण्ड टेलरिङ सेन्टरका कार्यकारी निर्देशक गोकुल खड्का र कुमारी बैंकका बजार प्रमुख नविन मुनि बज्राचार्यले हस्ताक्षर गरेका छन् । मेरिनामा सुविधा लिनको लागि ग्राहकले सक्रिय अवस्थामा रहेको भिजा कार्ड र कर्मचारीले म्याद नसकिएको परिचयपत्र देखाउनुपर्ने कम्पनीले जनाएको छ ।
यस्तो कार्ड बहाकले मेरिना इम्पेक्सको विभिन्न स्थानमा रहेका चार शाखाहरुबाट २० प्रतिशत छुटमा सर्टिङ, सुटिङ र टेलरिङ सेवा लिन सक्ने मेरिना इम्पेक्सले जनाएको छ । व्यवसायिक जगतमा काेटपाइटसहितकाे औपचारिक पोसाकको बढ्दो प्रयोगलाई ध्यानमा राखेर डेविट तथा क्रेडिट कार्ड होल्डरलाई यस्तो सुविधा दिन लागिएको कम्पनीले जनाएको छ ।
१० लाख भन्दा बढी ग्राहक भएकाे र नेपालभर नेटवर्क भएकाे कुमारी बैंक जस्ताे ठूलाे संस्थासँग सहकार्यकाे मेरिनाकाे सेवा विस्तारमा सहयाेग पुग्ने कम्पनीकाे विश्वास रहेकाे छ । ‘हामी अत्यान्तै सुपथ मूल्यमा उच्च गुणस्तरयुक्त सटिङ, सुटिङ तथा टेलरिङ सेवा प्रदान गर्दै आएका छाैं । लामो समयदेखि सर्टिङ सुटिङ क्षेत्रमा प्रदान गर्दै आएको गुणस्तरीय सेवा र ग्राहकको सन्तुष्टिले हामीलाई सेवा विस्तारमा उत्साहित बनाएको छ’ मेरिना इम्पेक्सले प्रेस विज्ञप्ती मार्फत प्रतिवद्धता जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्