×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१० दिनको बिदा लिएर कार्यालयबाट घर फर्किंदै गर्दा निर्धन उत्थान लघुवित्तका कर्मचारीको मृत्यु !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २२ माघ २०७७, बिहीबार

PRIME CA
laxmi sunrise bank

१० दिनको बिदा लिएर कार्यालयबाट घर फर्किंदै गर्दा निर्धन उत्थान लघुवित्तका कर्मचारीको मृत्यु !

  • अर्थ सरोकार सम्बाददाता
सप्तरी । कार्यालयबाट घर फर्किंदै गर्दा निर्धन उत्थान लघुवित्तका एक कर्मचारीको मृत्यु भएको छ । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको भारदहमा बुधबार बिहान बलेरोको ठक्करबाट उनको मृत्यु भएको हो ।
बलेरोको ठक्करबाट मृत्यु भएका मोरङ जिल्लाको रङगेली नगरपालिका ८ बस्ने ३७ बर्षीय उनी निर्धन उत्थान लघुबित्तको लहान शाखामा काम गर्दै आएका व्यक्ति भएको सप्तरी प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले जानकारी दिएका छन् ।
जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदहस्थित लोकमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु २५ प ५७१२ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको को १ ज ३१९९ नम्बरको बलेरोले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
मृतकको लास पोष्टमार्टमकको लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ भने बलेरो र चालक धनकुटा पाख्रिवास नगरपालिका ४ बस्ने वर्ष ३९ को तोर्ण निरौलालाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेकाे प्रहरीले बताएको छ ।
उनी १० दिनको फोर्स लिभ लिएर घर फर्किंदै थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: