×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लक्ष्मी लघुवित्त वित्तीय संस्थाको सामाजिक कार्य : काभ्रेको विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण

PRIME CA
GLOBAL IME BANK

लक्ष्मी लघुवित्त वित्तीय संस्थाको सामाजिक कार्य : काभ्रेको विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण

३ फाल्गुन २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले काभ्रेको विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । संस्थाले नमोबुद्ध नगरपालिका-८ स्थीत दाप्चा माध्यामिक बिद्मालयमा कक्षा १ देखि कक्षा ५ सम्म अध्ययनरत आर्थिक रुपमा विपन्न तथा जेहेन्दार बालबालिकाहरुलाई उनिहरुको पठन पाठनमा सहयोग पुर्याउने उध्येश्यले सामाजिक उत्तरदायीत्व अन्तर्गत झोला तथा स्टेशनरी सामाग्रिहरु हस्तान्तरण गरेको हो ।
उक्त कार्यक्रममा संस्थाका सहायक महाप्रवन्धक सुन्दरप्रसाद श्रेष्ठ, सञ्चालन विभाग प्रमुख माधवप्रसाद शर्मा, शाखा प्रमुख दोषबहादुर थापा, शिक्षक तथा स्थानीय बुद्धिजिवीहरुको उपस्थिति थियो । संस्थाले हालसम्म ७२ शाखा संजाल विस्तार गरि ग्रामीण, पिछडिएको, बैंकिङ पहुँचबाट टाढा रहेको ग्राहक वर्गलाई लक्षित गर्दै ८९ हजार ग्राहक वर्गलाई लघुवित्त सेवा प्रदान गर्दै आईरहेको छ ।
धितो राखी र समुहिक जमानीमा विना धितो गरी संस्थाले ५ अर्व ७२ करोड रुपैयाँ कर्जा उठाउन बाँकी रहेको छ भने आफ्नो सदस्यबाट १ अर्व ८७ करोड ८६ लाख बचत संकलन गर्न सफल भएको छ । संस्थाले पौष मसान्त सम्ममा ९ करोड ४ लाख रुपैयाा खुद नाफा आर्जन गरेको छ । संस्थाले बचत र कर्जा बाहेक लघुविमा, विप्रेषण र शाखारहित बैंकिङ कारोबार संचालन गर्दै आइरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: