- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमास लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपालले ११ करोड ५६ लाख ६४ हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफ अघिल्लो वर्षको यसैअवधिको तुलनामा ५०.५२% ले बढी हो । यो अवधिसम्म आउँदा कम्पनीको खुद बिमा शुल्क र बिमा कोषको आकार पनि बढेको छ । जसकारण खुद नाफा वृद्धि भएको छ ।
कम्पनीको खुद बिमा शुल्क २४.९२% ले बढेर ९ अर्ब ५६ करोड ५२ लाख ८१ हजार रुपैयाँ पुगेको छ भने जीवन बिमा कोष पनि २१.५१% ले बढेर ७४ अर्ब २४ करोड ४९ लाख ८ हजार रुपैयाँ पुगेको छ । पुस मसान्तसम्ममा एलआइसीको जगेडा कोषमा ६३ करोड ४० लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी ५ रुपैयाँ ७५ पैसा रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ ३ पैसा छ ।