×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हालसम्म ६० हजार ८ सयले पाए सहुलियत कर्जा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

हालसम्म ६० हजार ८ सयले पाए सहुलियत कर्जा

Artha Sarokar

३ फाल्गुन २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । हालसम्म ६० हजार ८ सय ७९ जनाले सहुलियत कर्जा पाएका छन् । उद्यमशीलताको विकास, उत्पादन अभिवृद्धि र रोजगारी सिर्जना गर्ने उद्देश्यले चालू आर्थिक वर्षमा परिमार्जनसहित कार्यान्वयनमा ल्याइएको सहुलियतपूर्ण कर्जा हालसम्म ६० हजार ८ सय ७९ जनाले ऋण पाएका छन् । पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूको १ खर्ब ३७ करोड यस्तो कर्जा लगानीमा रहेको छ ।
जसमा कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ३३ हजार ८ सय १७ ऋणीलाई ७६ अर्ब ५९ करोड कर्जा दिइएको छ भने सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २७ हजार ६२ ऋणीको .२३ अर्ब ७७ करोड कर्जा बक्यौता छ ।कोरोनाले प्रभावित पेशा, उद्योग र व्यवसायलाई संरक्षण गर्नुको साथै कृषि र साना तथा मझौला र घरेलु व्यवसायलाई सहुलियत दिने उद्देश्यले पुनरसंरचना गरिएको पुनरकर्जाको नयाँ व्यवस्थाबाट २०७७ माघ मसान्तमा ८७ अर्ब ८७ करोड पुनरकर्जा स्वीकृति भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी