×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ऋणीलाई राष्ट्र बैंकको राहत, बैंकहरुले कालोसूचीको सूचना पनि प्रकाशन गर्न नपाउने

LAXMI SUNRISE BANK
GLOBAL

ऋणीलाई राष्ट्र बैंकको राहत, बैंकहरुले कालोसूचीको सूचना पनि प्रकाशन गर्न नपाउने

३ फाल्गुन २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोना प्रभावित बैंकका ऋणीहरुका लागि राहतको घोषणा गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै यस्तो बताएका हुन् । उनले कोरोना प्रभावित भएको भन्दै ऋण नतिरी र कर्जाको पुनर्तालिकिकरण पनि नगरी बस्ने व्यवसायीलाई नेपाल राष्ट्र बैंकले थप सुविधा दिने व्यवस्था गरेको बताए ।
नयाँ व्यवस्था अनुसार बैंकहरुले कोरोना माहामारीले ऋण तिर्न नसकेकाहरुको धितो लिलामका र कालोसूचीको सूचना प्रकाशन गर्न नपाउने भएका छन् । मौद्रिक नीतिको समिक्षामा कोरोना प्रभावित ऋणीको छ महिना भन्दा बढीको ऋण बाकी नरहेको अवस्थामा त्यस्तालाई धितो लिलामी र कालोसूचीमा राख्ने काम २०७८ असार मसान्तसम्मका लागि स्थगन गरेको उल्लेख छ । ०७८ असार मसान्तसम्ममा बक्यौता ब्याजको ५ प्रतिशत तिरेर कर्जाको पुनर्तालिकिकरण गर्न सकिने र ०७६ पुस मसान्तसम्म असल ऋणीका रुपमा रहेका ऋणीहरुलाई राष्ट्र बैंकले ०७७ पुस मसान्तसम्म १० प्रतिशत बक्यौता ब्याज तिरेर पुनर्तालिकिकरण गर्न पाउने व्यवस्था गरेको गभर्नर अधिकारीले बताए ।
असार मसान्तसम्म ऋणीले चाहेमा ऋणको पुर्नतालिकरण तथा पुनरसंरचना गर्न पाउने व्यवस्था गरेको पनि उनले बताए । तर ऋणीले यो अवधिमा पनि ५ प्रतिशत व्याज भने तिरीनै रहनुपर्ने उनको भनाइ छ । राष्ट्र बैंकले गत साउन २ गते जारी गरेको मौद्रिक नीतिमा कुल व्याजको १० प्रतिशत भुक्तानी गर्नु पर्ने ब्यवस्था गरेको थियो । तर अब भने ५ प्रतिशतको व्यवस्था गरिको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी