×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इजीलिंक रेमिट्यान्स प्रा.लि र लुम्बिनी विकास बैंकबीच विप्रेषण भुक्तानी सम्बन्धी सम्झौता

PRIME CA

इजीलिंक रेमिट्यान्स प्रा.लि र लुम्बिनी विकास बैंकबीच विप्रेषण भुक्तानी सम्बन्धी सम्झौता

१० फाल्गुन २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । इजीलिंक रेमिट्यान्स प्रा.लि र लुम्बिनी विकास बैंकबीच विप्रेषण भुक्तानी सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा इजीलिंक रेमिट्यान्स प्रा.लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत डिपि अर्याल, अपरेशन म्यानेजर सालिक राम दाहाल, सहायक लेखा प्रमुख निराजन अधिकारी र लुम्बिनी विकास बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी, मुख्य प्रबन्धक दिपक खनाल, रेमिट्यान्स प्रमुख सकुन्तला लामाले संयुक्त रुपमा हस्ताक्षर गरे ।
उक्त सम्झौतापछि अव इजीलिंक रेमिट्यान्सको कोरियाबाट हानपास रेमिट्यान्स, जापानबाट ट्रान्सरेमिट्यान्स, साइप्रसबाट मसारी पेमेन्ट सर्भिसेज र अष्ट्रेलियाबाट इजीलिंक ट्रान्सफरमार्फत आएको रकम बैंकका नेपालभरि छरिएर रहेका ६९ शाखाहरुमार्फत सहजै भुक्तानी लिन सकिने भएको छ साथै लुम्बिनी रेमिटबाट पठाएको रकम पनि इजीलिंक रेमिट्यान्सको नेपालभरि रहेका ६,००० भन्दा धेरै सहायक प्रतिनिधिहरु मार्फत सहजै भुक्तानी लिन सकिने भएको छ । छिटो, छरितो र सहज तरिकाले विप्रेषण रकमलाइ सेवाग्राहिसम्म पु¥याउन यो सम्झौंताले थप सहज हुने प्रमुख कार्यकारी अधिकृत अर्यालले बताए ।
हाल इजीलिंक रेमिट्यान्स प्रा.लि ले ग्राहकको चाहनालाई मध्यनजर गर्दै कोरिया, जापान,साइप्रस, अष्ट्रेलिया लगायत विश्वका बिभिन्न मुलुकबाट पठाएको रकम बैंक खातामा ५ मिनेटमै जम्मा हुने ब्यवस्था मिलाएको छ भने सहायक प्रतिनिधि मार्फत रकम भुक्तानी लिनको लागि एस.वि.एल रेमिट (सिद्धार्थ बैंक), रेमिट टू नेपाल, कामना सेवा रेमिटका सहायक प्रतिनिधिहरुमार्फत ५ मिनेटमै भुक्तानी लिन सकिने समेत ब्यवस्था मिलाएको छ । ग्राहकहरुलाइ भुक्तानीमा समस्या परेमा सिधै कम्पनीको फोन नम्बर—०१४३८८३७५ मा तुरुन्त सम्पर्क गर्न समेत कम्पनीले अनुरोध गरेको छ साथै लुम्बिनी रेमिट बाट आएको रकम भुक्तानी लिन नेपाल भरि रहेका इजीलिंक रेमिट्यान्सका सहायक प्रतिनिधिहरु मार्फत सहजै भुक्तानी लिन सकिने व्यवस्था रहेको कम्पनीका अपरेसन म्यानेजर सालिक राम दाहालले जानकारी गराए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: