×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बागमती प्रदेशको प्रदेश सभामा लफडा, माधव- प्रचण्ड समूहको चर्को विरोध (भिडियो)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

बागमती प्रदेशको प्रदेश सभामा लफडा, माधव- प्रचण्ड समूहको चर्को विरोध (भिडियो)

Artha Sarokar

२० माघ २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । बागमती प्रदेशको प्रदेश सभा फागुन ५ गते सम्मका लागि स्थगित भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव पक्षका सांसदहरुले विरोध जनाएका छन् । बागमती प्रदेश, प्रदेश सभाको माघ १९ गते बोलाईको बैठक सभामुख सानुकुमार श्रेष्ठले फागुन ५ गते सम्मका लागि स्थगित गरेपछि सांसदहरुले विरोध जनाएका हुन् । नेकपाका प्रचण्ड-माधव समूहका सांसदहरुले प्रदेश सभाको बैठक बोलाउन माग गर्दै प्रदेश सभा सचिवालयमा नाराबाजी समेत गरेका छन् ।
सभामुख श्रेष्ठले मुख्यमन्त्री डोरमणि पौडेल विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने सांसदहरु र अन्य दलसँग समेत कुनै छलफल नगरी, कार्य व्यवस्था परामर्श समितिको बैठक समेत नराखी, कुनै कारण नखुलाई संसद स्थगन गर्नुभएको भन्दै तत्काल सच्याउन माग गर्दै सांसदहरुले विरोध प्रदर्शन गरेका हुन् । त्यस लगत्तै आयोजना गरिएको पत्रकार सम्मेलनमा सांसद अष्टलक्ष्मी शाक्यले सभामुखले एकलौटी ढंगले कसैसँग पनि छलफल नगरी बैठक सार्ने काम गर्नुभएको बताउनुभयो ।
सभामुख श्रेष्ठले तटस्थ भएर निर्णय गरेको नभई अल्पमतमा रहेको सरकारको छायाको रुपमा काम गरेको आरोप समेत सांसद शाक्यले लगाउनुभयो । उहाँले बैठक स्थगन गर्ने कदमलाई सच्याएर तत्काल बैठक राख्न समेत माग गर्नुभयो । बागमती प्रदेशको लागि डाकिएको बैठक फागुन ५ गतेसम्मका लागि स्थगित भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद रहेको छ । त्यसको असर प्रदेश सभामा पनि देखिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी