×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालक्ष्मी विकास बैंकको सामाजिक कार्य : बाल सारथीलाई विद्यालय भवन निर्माण गर्न आर्थिक सहयोग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

महालक्ष्मी विकास बैंकको सामाजिक कार्य : बाल सारथीलाई विद्यालय भवन निर्माण गर्न आर्थिक सहयोग

Artha Sarokar

६ फाल्गुन २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । महालक्ष्मी विकास बैंक काठमाडौं महानगरपालिका वडा नं. ८, जयबागेश्वरीमा रहेको बाल सारथीलाई बिद्यालय भवन निर्माण गर्न आर्थिक सहायता स्वरुप पाँच लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । बिहिबार बाल सारथीको कार्यालयमा सम्पन्न कार्यक्रममा बैंकको बजार व्यवस्थापन विभागकी प्रमुख दिपान्जली खकुरेलले बाल सारथी संस्थाकी अध्यक्ष अस्मिता सुमार्गीलाई पाँच लाखको चेक हस्तान्तरण गरेकी हुन् । 
उक्त अवसरमा खकुरेलले संस्थामा अध्ययनरत बालबालीकाहरुलाई वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षणसमेत प्रदान गरेकी थिईन् । देशभर १०३ वटा शाखाहरु मार्फत सेवा प्रदान गर्दै आईरहेको बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी