×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालक्ष्मी लाईफद्धारा दोस्रो वार्षिकोत्सवको अवसरमा ‘महालक्ष्मी धनधान्य’ बीमा पोलिसी सार्वजनिक

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

महालक्ष्मी लाईफद्धारा दोस्रो वार्षिकोत्सवको अवसरमा ‘महालक्ष्मी धनधान्य’ बीमा पोलिसी सार्वजनिक

२७ माघ २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । २०७५ माघ २७ गतेबाट बीमा कारोवार प्रारम्भ गरेको महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले कारोवार संचालनको दुई बर्ष पुरा गरेको छ । नेपालको जीवन बीमा बजारमा सबैभन्दा कान्छो र १९औं कम्पनीको रूपमा काम सुरू गर्दा ९ वटा पुराना स्थापित कम्पनी र ९ वटा नयाँ कम्पनीहरूसँग प्रतिस्पर्धा गर्नु परेको थियो । कसैगरी व्यापार वृद्धि गरी आफूलाई अब्बल देखाउने होड र अस्वस्थ प्रतिस्पर्धाबीच स्वस्थ व्यापार गर्नु आफैमा ठूलो चुनौति थियो । अर्को तर्फ कोभिड-१९ को कारण लामो समय सम्म नसोचेको कठिनाई भोग्नु पर्यो ।
त्यस्तो प्रतिकूल परिस्थितिको बावजुद नियमक निकाय, संचालक समिति, कर्मचारी र अभिकर्ताहरूको सहयोग र प्रयासले कम्पनीले २ बर्षको अवधिमा ६२ वटा शाखा र उपशाखा स्थापना, १६१९० अभिकर्तालाई तालिम, ९ वटा प्रोडक्ट लंच, १६५ करोड रुपैयाँ बीमा शुल्क संकलन र २५६ करोड रुपैयाँ लगानी गर्न सफल भएको छ ।स्थापनाको १ वर्षपछि नै कोरोना महामारीको कारण लक्ष्य अनुसार शाखा संजाल विस्तार, निरन्तर अभिकर्ता तालिम संचालन र व्यवसाय वृद्धि गर्न नसकेतापनि कम्पनीले आर्थिक वर्ष २०७५/७६ को पोलिसि बोनस न्यूनतम रु ५०/- ल्याई नयाँ कम्पनीहरू मध्येमा उत्कृष्ट नतिजा ल्याउन सफल भएको कम्पनीले जानकारी दिएको छ ।
नेपालमा बीमा कारोवार प्रतिको आमजनताको विश्वास वृद्धि गर्न कम्पनिले मितव्ययी तरिकाले ग्रामिण क्षेत्रमा बीमाको पहुच अझै विस्तार गर्ने, गुणात्मक कारोबारलाई जोड दिने, व्यवसायीक अभिकर्ता निर्माण गर्ने र प्रत्येक घरमा एउटा बीमा पुर्याउने लक्ष्य लिएर काम गर्ने भएको छ । कम्पनीले दोस्रो वार्षिक उत्सवको अवसर पारेर आजकै मितिबाट बिक्री गर्ने गरी नँया मनि ब्याक बीमा योजना ‘महालक्ष्मी धनधान्य’ पोलिसी सञ्चालनमा ल्याएको छ । आर्थिक वर्ष २०७६/७७ को वासलात नाफा नोक्सान हिसाब बीमा समितिबाट स्वीकृती पछी ६० करोड रुपैयाँको सेयर सर्वसाधारणमा जारी गर्ने गरी प्रकृया सुरू गरेको व्यहोरा पनि जानकारी गराएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: