
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको आज शुक्रबारदेखि आइपीओ बिक्री खुला भएको छ । संस्थाको कुल ४ लाख कित्ता आइपीओ बिक्री खुला भएको हो । संस्थाको ४ लाख कित्ता आइपीओमध्ये ५ हजार कित्ता कम्पनीका कर्मचारीलाई छुट्याइएको छ । २० हजार कित्ता सेयर म्युचुअल फन्डलाई बडिएको छ ।
यस्तै बाँकी ३ लाख ७५ हजार कित्ता सेयरमा भने सर्वसाधारणले आवेदन दिन सक्नेछन् । आइपीओ बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङलाई नियुक्त गरिएको छ । सर्वसाधारण लगानीकर्ताले सो सेयरमा सी–आस्वाको माध्यमबाट आवेदन दिन सक्नेछन् ।
कम्पनीको सेयरमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ भने आइपीओ फागुन ४ गतेसम्म भर्न सकिनेछ । उक्त समयमा सबै सेयर बिक्री नभएमा भने फागुन १२ गतेसम्म खुला रहनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्