×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थ सरोकारकर्मीमाथि दुर्व्यवहार गर्ने केसीले अन्तत: मागे माफी, ‘तिमी छोरोजस्तो मान्छे, बाबु सम्झेर माफ गरिदेउ…’

PRIME CA
GLOBAL IME BANK

अर्थ सरोकारकर्मीमाथि दुर्व्यवहार गर्ने केसीले अन्तत: मागे माफी, ‘तिमी छोरोजस्तो मान्छे, बाबु सम्झेर माफ गरिदेउ…’

५ फाल्गुन २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
धनगढी । अर्थ सरोकार सुदूरपश्चिम ब्युरो संयोजक तथा रेडियो धनगढीका समाचार संयोजक पत्रकार सुदर्शन श्रेष्ठमाथि समाचार संकलनका क्रममा अपशब्द प्रयोग गरी दुर्व्यवहार गर्ने  मालपोत कार्यालय प्रमुख सुरेन्द्र केसीले अन्तत: पत्रकारसँग हात जोडेर माफी मागेका छन् । पत्रकार सुदर्शन श्रेष्ठले किटानी जाहेरीको तयारी गरेपछि जिल्ला प्रहरी कार्यालय कैलालीमा आएका केसीले आफुबाट ठुलो गल्ती भएको र आइन्दा यस्तो गल्ती नगर्ने भन्दै सबैसामु माफी मागेका हुन् । जिप्रका कैलालीमा पत्रकार संगठनका प्रतिनिधिहरु, अर्थ सरोकारका प्रतिनिधि, रेडियो धनगढीका प्रतिनिधि र केसीकै केहि आफन्तहरु पनि थिए ।  
‘आवेगमा आएँ । छोरोजस्तो मान्छेलाई दुर्व्यवहार गरें । सार्है लज्जित भएको छु ।’ सबैका सामु पत्रकार श्रेष्ठसँग माफी माग्दै उनले भने, ‘तिमी छोरो जस्तो मान्छे, बाबुसम्झेर माफ गरिदेउ । मबाट गल्ती भयो ।’ साथै उनले अव आइन्दा कुनै पनि पत्रकारलाई उतिकै सम्मान गर्ने प्रतिबद्धतासमेत जनाएका छन् । सो प्रकरणमा केसीको गल्ती भएको भन्दै उनका आफन्तले पनि यो प्रकरणका कारण केसीको धेरै बेइज्जत भइसकेकाले यसलाई नलम्ब्याउन र केसीलाई माफी मगाउन लगाएका थिए । ‘उहाँ अलि अस्वस्थ पनि हुनुहुन्थ्यो । अन्य तनावमा पनि हुनुहुन्थ्यो । पछिल्लो केहि समय बढी रिसाउने गर्नुभएको थियो । अन्जानमा गल्ती भयो । उहाँले माफी मागीसक्नु भयो । किटानी जाहेरी दिएपछि उहाँलाई पक्राउ गर्नुपर्ने हुन्छ । परिवार सार्है तनावमा छ । अव यस्तो नहुने / नगर्ने सर्तमा उहाँलाई माफी दिनुपर्यो ।’ उनका एक आफन्तले यस्तो अनुरोध गरेपछि माहोल केहि शान्त भएको थियो ।

भएको के थियो ?
मालपोत कार्यालय कैलालीमा कर्मचारीद्धारा मनपरी रुपमा आसेपासेलाई सुटुक्क सेवा दिईरहेको भन्ने सूचना पाएलगत्तै पत्रकार श्रेष्ठ मालपोत कार्यालयमा पुगेका थिए । कर्मचारीद्धारा भएको कमजोरीका विषयमा बुझ्न कार्यालय प्रमुखको कार्यकक्षमा पुग्दा उनि घाम तापेर बसीरहेका थिए । अर्थ सरोकारको टिम कार्यकक्षमा प्रवेश गरिसकेपछि उनि कार्यकक्षमा आएका थिए । कार्यालयमा भएको कमजोरी र कर्मचारीद्धारा भएको लापरवाहीको विषयमा कार्यालयका प्रमुख सुरेन्द्र केसीलाई प्रश्न गर्दा उनि एक्कासी जंगिए । कार्यालयमा भएको कमजोरी सुधारका लागि पहल गर्नुपर्ने ठाउँमा उनि आफ्ना कर्मचारीलाई बचाउ गर्नमै तल्लिन थिए । उनले पत्रकार श्रेष्ठको दुर्व्यवहार गर्दै अपशब्द समेत प्रयोग गरेका थिए । त्यसपछि यो केसले उग्र रुप लिएको थियो भने पत्रकारसम्बद्ध संस्थाहरुले यसको खुलेरै विरोध गरेका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: