×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खानेपानी मन्त्री थापा नख्खु पुगे, विप्लवका नेतासँग भेटेर के-के भए कुरा ? (भिडियो)

PRIME CA
GLOBAL IME BANK

खानेपानी मन्त्री थापा नख्खु पुगे, विप्लवका नेतासँग भेटेर के-के भए कुरा ? (भिडियो)

२० माघ २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । खानेपानी मन्त्री मणिचन्द्र थापाले नख्खु कारागारको भ्रमण गर्नुभएको छ । मन्त्री थापाले मंगलबार नख्खु कारागारको भ्रमण गरी त्यहाँको पानी र सरसफाईको समस्याको बारेमा जानकारी लिनुभएको हो । कारागार प्रशासन र कैदीबन्दीको आग्रह अनुसार भ्रमणमा आएको मन्त्री थापाले बताउनुभयो । करिब २ हजारको हाराहारीमा रहेका कैदी बन्दीहरुलाई एउटा मात्रै धाराको पानीले व्यवस्थापन भइरहेको भन्दै उहाँले पानी र सरसफाइको व्यवस्थापन गर्नुपर्ने आवश्यकता महसुस गरेको पनि बताउनुभयो ।
मन्त्री थापाले नख्खु कारागारमा विप्लव समुहका नेता हेमन्तप्रकाश वली सुदर्शन लाई पनि भेट गर्नुभएको छ । वली आफ्नो पुरानो साथी भएकाले भेटेको उहाँको भनाई छ । कारागार सफाइ तथा अन्य व्यवस्थापन के कस्तो छ र सुधार गर्नुपर्ने के छ भन्ने विषयमा मात्रै कुराकानी भएको र अन्य राजनीतिक विषयमा कुनै कुराकानी नभएको उहाँले बताउनुभयो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: