×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वास्थ्यमा समस्या छ ? हुँदै छ ३ दिने नि:शुल्क स्वास्थ्य शिविर (विस्तृत विवरणसहित)

GLOBAL IME BANK

स्वास्थ्यमा समस्या छ ? हुँदै छ ३ दिने नि:शुल्क स्वास्थ्य शिविर (विस्तृत विवरणसहित)

२३ माघ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । मेडि नेपाल हेल्थ केयर प्रा.लि.को आयोजनामा काठमाडौंको कालोपुलमा २३ गतेदेखि ३ दिने नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन भएको हो । सबै मानिसको अस्पतालसम्म पहुँच नभएको र सानोतिनो समस्यामा अस्पताल नजाने चलन भएकाले नियमित चेकजाँच गर्ने र स्वास्थ्यको ख्याल राख्ने बानिको बिकास गराउनका लागि निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको मेडि नेपाल हेल्थ केयर प्रा.लि.का सञ्चालक समिति सदस्य सुजन अधिकारीले जानकारी दिनुभयो ।
स्वास्थ्य शिविर माघ २५ गतेसम्म बिहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म सञ्चालन हुने अधिकारीले जानकारी दिनुभयो । दुईजना बरिष्ठ डाक्टरहरुले चेकजाँच गर्ने उहाँको भनाई छ । स्वास्थ्य शिविरमा ब्लड प्रेसर, सुगर, ज्वरो, तौल लगाएत चेकजाँच गरिने जनाईएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: