
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल उद्योग परिसंघ र भारतीय दुतावासका प्रतिनिधिबीच लगानी बिस्तार गर्ने उद्देश्यसहित आज बुधबार छलफल भएको छ । परिसंघको कार्यालय थापाथलीमा नेपाल भारतबीच व्यापार सहजीकरण र नेपालमा लगानी बिस्तार गर्ने उद्देश्यसहित परिसंघ र भारतीय दुतावासका प्रतिनिधिबीच छलफल भएको हो ।
सो छलफलमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले भारतीय लगानीका उद्योगहरुको वर्तमान अवस्थाको बारेमा चर्चा गरेका थिए । उनले नेपालमा लगानी गरे राम्रो नाफा आर्जन गर्न सक्ने बताउँदै नेपालमा लगानी विस्तार गर्नको लागि आग्रह पनि गरेको थिए । यस्तै परिसंघले नेपाल भारतबीच देखिएको व्यापार घाटालाई कम गर्दै जानेलगायत सम्बन्धमासमेत चासो व्यक्त गरेको छ ।
दुतावासका प्रथम सेक्रेटरी अभिशेक उपाध्यायले पनि उक्त छलफलमा आफ्नो धारणा व्यक्त गरेका थिए । उनले कुनै पनि उत्पादनको स्ट्याण्डर्डमा दुबै देशबीचमा समस्या देखिने गरेकाले यसलाई कसरी सहजीकरण गर्न सकिन्छ त्यसतर्फ ध्यान दिने बताए । छलफलमा परिसंघको तर्फबाट उपाध्यक्षहरु क्रमशः अनुज अगरवाल, सुलभ अग्रवाल र बीरेन्द्रराज पाण्डेको उपस्थिति थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्