×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आगामी साता मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्ने तयारी, सेयर धितोमा कडाइ गरिने !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

आगामी साता मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्ने तयारी, सेयर धितोमा कडाइ गरिने !

Artha Sarokar

३० माघ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी साता मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्ने तयारी गरेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत सेयर धितोमा कडाइ गर्ने बताइएको छ । यता पहिलो त्रैमासको समीक्षामार्फत नयाँ कुरा केहि नआएको र यो अर्धवाषिर्क समीक्षामा केहि नयाँ कुरा समेटिने अपेक्षामा सरोकारवालाहरु छन् । 
पछिल्लो समय बैंकले अन्य क्षेत्रमा भन्दा सेयर बजारमा कर्जा लगानी बढाउन थालेपछि राष्ट्र बैंकले कडाई गर्ने बुझिएको छ । यसो त पछिल्लो समय सेयर बजारले पनि दैनिक नयाँ रेकर्ड कायम गर्दै गर्दै गएको छ । सेयरमा बैंकको ऋण सीमालाई परिमार्जन गरेर ६० प्रतिशत तोक्ने तयारी भइरहेको बताइएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी