Skip to content
LAXMI SUNRISE BANK

प्रचण्ड-माधवका ‘जंगली कार्यकर्ता’हरुको दादागिरी: ‘रक्सी खाएर’ आन्दोलनमा, पत्रकारमाथि हातपात !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । प्रचण्ड माधव नेपाल समूहले गरेको आमहड्तालको रिपोर्टिङका लागि पुगेका माउण्टेन टेलिभिजनका पत्रकारमाथि प्रचण्ड माधव नेपाल समूहका कार्यकर्तामध्येका केहि अराजक तत्वहरुले हातपात गरेका छन् । ललितपुरस्थित सातदोबाटोमा रिर्पोटिङका लागि पुगेका साहमाथि नेता तथा कार्यकर्ताहरुले हातपात गरेका हुन् । सो घटनाप्रति माउण्टेन टेलिभिजनले घोर भत्सर्ना गरेको छ ।
पत्रकारमाथि हातपात गर्नेहरुलाई प्रचण्ड माधव नेपाल समूहकै अन्य नेता कार्यकर्ताले भने ‘जंगली कार्यकर्ता’को संज्ञा दिएका छन् । ‘हामीलाई बदनाम गराउने हाम्रै केहि जंगली नेता कार्यकर्ता छन् । उनीहरु रक्सी खाएर विहान आन्दोलनमा पुगेको जानकारी पाएका छौं भने यस विषयमा हाम्रोतर्फबाट पनि छानविन हुन्छ ।’ माधव प्रचण्ड समूहका एक नेताले भने, ‘पत्रकारमाथि हातपात गरिनु निन्दनीय काम हो ।’
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK