
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि.ले डिजिटल माध्यमको प्रोत्साहन तथा ग्राहकहरुको सुविधाको लागि ‘Ask Mukti Bhai’ नामक भर्चुअल (अनलाइन ) सहायता सेवा आफ्नो वेबसाइटमार्फत सञ्चालनमा ल्याएको छ ।
ग्राहकहरुले यस भर्चुअल सहयाता (Virtual Assistant) सेवामार्फत छिटो, छरितो र सहजरुपमा बैंकका प्रडक्ट र सेवाका साथै बैंकसँग सम्बन्धित जानकारी, सेवाग्राही जिज्ञासाहरुको बारेमा जानकारी प्राप्त गर्न सक्नेछन् । यो सेवा इन्टरनेटको पहुँचमा रहेका व्यक्तिले २४ धण्टा लिन सक्नेछन् । आर्टिफिसियल इन्टेलिजेन्स (Artificial Intelligence)आधारित यो च्याटवट (Chatbot) सेवा डिजिटल बैंकिङ्गका अत्याधुनिक पद्दतीबाट सञ्चालनमा ल्याएको छ । यस सेवाको लागि बैंकको वेबसाइट (www.muktinathbank.com.np) मा गएर दायाँतर्फ Ask Mukti Bhai वा बैंकको मासकट ‘मुक्ति भाई ’ किल्क गरेर त्यहाँ छनोट या टाइप गरेर सेवा प्राप्त गर्न सकिनेछ ।
विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न VISA Network अन्तर्गतको जुन सुकै बैंकको ATM बाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ । त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्