Skip to content
LAXMI SUNRISE BANK

मुक्तिनाथ विकास बैंकले नारी दिवसको अवसरमा ल्यायो ‘नारी विशेष अफर’, यस्ता छन् सुविधाहरु

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि.ले अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा ‘नारी विशेष अफर’ ल्याएको छ । यस अफर अन्तरगत आजदेखि फागुन २३ गतेभित्र मुक्तिनाथ बैंकको महिला पेवा बचत खाता खोलेमा नि:शूल्क मुक्तिनाथ भिसा डेबिट कार्ड (VISA Debit Card) पाउन सकिनेछ । यसका लागि ग्राहकले डेबिट कार्डको लागि फारम या आवेदन पनि यँहि अफर समय अवधि भित्र दिनु पर्नेछ ।
यस नारी विशेष अफर साथै ग्राहकले नि: शूल्क DEMAT खाता पनि बैंक मार्फत खोल्नसक्नु हुनेछ । सम्पूर्ण नारीलाई नारी दिवसको शुभकामना दिन र बचतको प्रोत्साहन गर्न बैंकले यो अफर ल्याएको हो । विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न VISA Network अन्तर्गतको जुन सुकै बैंकको ATM बाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ । त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK