- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्सियल बैंकको बोनस सेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ । बैंकको माघ २२ गते बिहीबार ९६ लाख ५ हजार ८ सय ९७.३५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
एनसीसी बैंकले सेयरधनीहरुलाई प्रदान गरेको १०.२७ प्रतिशत बोनस बापतको उक्त सेयर नेप्सेमा सूचीकृत भएको हो ।