×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनसीसी बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति पाइन्छ ब्याज ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

एनसीसी बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति पाइन्छ ब्याज ?

३० माघ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी) ले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले फागुन १ गतेदेखि लागु हुने गरि नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले न्युनतम २.५०% देखि ५% सम्म ब्याजदर दिने भएको हो । 
बैंकले एनसीसी सेभिङ प्लस खाता, नमैल सेभिङ, महिला शुरक्षा बचत खाता, बाल सुरक्षा बचत खाता, जेष्ठ नागरिक सुरक्षा बचत खाता, शेरधनि बचत खाता, शुभ लाभ बचत खातामा ३% ब्याज दिनेछ । यस्तै कर्मचारी बचत खाता, शुभ लाभ प्लस बचत खाता, एनसीसी उत्सब बचत खाता, नेपाली नागरीक बचत खाता, छोरी सुरक्षा बचत खाता (कर्णाली), युएसडी सेभिङ खातामा ५ प्रतिशत ब्याज दिनेछ ।
यस्तै बैंकले संस्थागत मुद्धती निक्षेप खातामा न्युनतम ६% देखि ७.१०% सम्म ब्याज दिनेछ । जसमा ३ महिनादेखि ६ महिनासम्म ६%, ६ देखी १ बर्षसम्म ६.५०% र १ बर्षदेखी बढी समयका लागी ७% ब्याज तोकेको छ । बैंकले ब्यक्तिगत मुद्दति खातामा न्युनतम ६.२५ % देखी ८% सम्म ब्याज दिने भएको छ । 
यस्तै ३ महिनादेखि १ बर्षसम्मको मुद्दति खातामा ६.२५%, १ बर्ष भन्दा माथी १८ महिनासम्मको मुद्दति खातामा ७%, १८ महिनादेखी २ बर्षको मुद्दति खातामा ७.५०% र २ बर्ष भन्दा माथिको खातामा ८% ब्याज पाइनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: