Skip to content
LAXMI SUNRISE BANK

एनसीसी बैंकको २५ लाख कित्ता संस्थापक सेयर लिलामी आइतबारदेखि खुल्ला, कति छ भाउ ? (विस्तृत विवरणसहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एनसीसी बैंकको आजदेखि २५ लाख कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला भएको छ । बैंकले २५ लाख कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो । बैंकको यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले लिलामी सेयरमा न्यूनतम १४० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ भने न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यस सेयरमा फागुन ९ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले बिक्री प्रबन्धक सनराइज क्यापिटल कमलपोखरी, काठमाडौंमा पुग्ने गरी आवेदन दिनुपर्नेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK