Skip to content
LAXMI SUNRISE BANK

नेको इन्स्योरेन्सले गर्यो कमालको प्रगति, खुद नाफा ६०.२२ प्रतिशतले बढ्दा बिमा कोषको आकार पनि ३९.७% ले वृद्धि !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेको इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २६ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ । संस्थाको यो नाफा गत वर्षको भन्दा ६०.२२% ले धेरै हो । यस्तै यस अवधिमा संस्थाको प्रतिसेयर आम्दानी वार्षिक ४० रुपैयाँ ०८ पैसा र प्रतिसेयर नेटवर्थ २२९ रुपैयाँ छ ।
पुस मसान्तसम्म कम्पनीको बिमा कोषको आकार ३९.७०% ले बढेर ९६ करोड ३६ लाख ९६ हजार रुपैयाँ पुगेको छ भने खुद बिमा शुल्क पनि ३३.०२% ले बढेर ९४ करोड ४३ लाख ६९ हजार रुपैयाँ पुगेको छ । यस्तै संस्थाले ४४ करोड १७ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ भने भुक्तानी हुन बाँकी रकम ८८ लाख १२ हजार रुपैयाँ रहेको छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK