Skip to content
LAXMI SUNRISE BANK

नेपाल बन्द अपडेट : एकाविहानै प्रहरी र आन्दोलनकारीबीच झडप, प्रहरीले बल प्रयोग गरेपछि कार्यकर्ताहरु भागे !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
बिहिबार माधव-प्रचण्ड समूहले नेपाल बन्दको आह्वान गरेको छ । यसैबीच कञ्चनपुरमा प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले चल्दै गरेको बसमाथि ढुङ्गामुढा प्रहार गरेपछी झडप भएको छ । 
पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको शुक्लाफाँटा नगरपालिकाको झलारीमा आज बिहान काठमाडौँबाट महेन्द्रनगरतर्फ गइरहेको बसमाथि ढुङ्गामुढा प्रहार गरेपछी प्रहरीले पनि बल प्रयोग गरेको छ । प्रहरीले बल प्रयोग गरेपछि कार्यकर्ताहरु भागेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेश शाहीले ढुङ्गामुढा प्रहार गर्नेहरुको खोजी भइरहेको छ ।
बुधबार विभिन्न स्थानबाट छुटेका गाडीहरु भने स्कटिङमा गन्तव्यतर्फ पठाइरहेको प्रहरीले जनाएको छ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK