×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बंगलादेश बैंकको नाममा ह्याकरको ठगीधन्दा, जागिरको लोभ देखाएर ‘फिसिङ’मार्फत फेसबुकको पासवार्ड चोरी !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार

PRIME CA
laxmi sunrise bank

नेपाल बंगलादेश बैंकको नाममा ह्याकरको ठगीधन्दा, जागिरको लोभ देखाएर ‘फिसिङ’मार्फत फेसबुकको पासवार्ड चोरी !

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । केहि दिन अघिदेखि फेसबुकमा एउटा पोस्ट बुष्ट भइरहेको छ । जसमा नेपाल बंगलादेश बैंकको लोगो राखेर जागिर खुलेको गलत जानकारी राखिएको छ । ‘बैंक अफ नेपाल बंगलादेश’ नामको फेसबुक पेजमा नेपाल बंगलादेश बैंकको लोगो राखेर प्रचार गरिएको छ भने उक्त पोष्टमा बैंकका विभिन्न शाखाहरुमा १० हजार कामदारहरुको आवश्यकता भएको भन्दै झुटो विवरण राखिएको छ । यतिमात्र होइन काम गर्ने इच्छुकहरुलाई क्लिक गर्न लिंक दिइएको छ । लिंक क्लिक गर्दा फेसबुकजस्तै पेज आउँछ र त्यहाँ पासवर्ड राख्न भनिएको छ । कसैले यो भ्याकेन्सी साच्चै हो भनी झुक्किएर त्यहाँ आफ्नो फेसबुकको युजरनेम र पासवर्ड राखेको खण्डमा ह्याकरले सो पासवर्ड पाउँछन् र फेसबुकका सम्पूर्ण डाटाहरु चोरी गर्ने गर्छन ।
के भनिएको छ उक्त पोष्टमा ?
उक्त पोष्टमा भनिएको छ, ‘बैंक अफ नेपाल बंगलादेशले नेपालका हाम्रा सबै शाखाहरूमा १०,००० कामदारहरूको आवश्यकता घोषणा गर्दछ । अब अवसर लिनुहोस् र तपाईंको विशेषाको लागि उपयुक्त भएको कामको लागि आवेदन दिनुहोस् । अब कामका लागि आवेदन दिनुहोस् । यदि तिमी इच्छुक छौ भने यदि तपाइँ काम चाहानुहुन्छ भने लिंकमा क्लिक गर्नुहोस् र लिंक मार्फत दर्ता गर्नुहोस् । तपाईंले एकचोटि मात्र दर्ता गर्नुपर्नेछ। यदि तपाईंले पहिले दर्ता गर्नुभयो भने, फेरि दर्ता नगर्नुहोस्। साइट दर्ता गर्न अधिक समय लिन सक्दछ। फेरि प्रयास नगर्नुहोस्। यदि तपाईंको प्रमुख यी व्यवसायहरू भन्दा फरक छ, रजिष्टर गर्नुहोस् र हामी तपाईंलाई सम्पर्क गर्नेछौं। रिक्त पदहरूका लागि विशेषज्ञता आवश्यक:लेखापाल / सबै विषय / ईन्जिनियरहरू डाटा विभाग / प्रशासन कर्मचारी / कानूनी मामिला / मार्केटर / प्रशासनिक / सचिवालय / रसायन / भूवैज्ञानिक / खाता कर्मचारी / सुरक्षा गार्ड कर्मचारी निर्माण / यातायात मजदूर / विपणन प्रतिनिधि / प्राविधिक / शिल्पकार / सुरक्षा गार्ड / वितरक / अम्मार जेनिटरियल / प्रथम र दोस्रो कक्षा ड्राइभरहरू / स्याहारकर्ताहरू / कुकहरू / इलेक्ट्रिशियनहरू / रेफ्रिजरेसन र वातानुकूलित / मर्मत टेक्नीशियन / प्लम्बरहरू / बुफे वर्कर। 18 बर्ष भन्दा माथिका विद्यार्थीहरूको लागि पनि रोजगारीहरू छन् (तपाइँ तपाइँको मेजर सूट रोजगार मा लागू गर्न सक्नुहुन्छ)
यसरी पासवर्ड चोरेर के गर्छन् ह्याकरले ?
यसरी पासवर्ड चोरेर ह्याकरहरुले अरु साथीसँग पैसा माग्ने, फेसबुकमा सेयर गरिएका गोप्य मेसेजहरुको दुरुपयोग गर्ने, फेसबुकको पेजको एडमिन परिवर्तन गरिदिने लगायतका बदमासी गर्ने गरेका छन् । जागिरको लोभमा यसरी आफ्नो फेसबुक एकाउन्ट नै ह्याक भएर आफ्नो डाटा चोरी भएका घटनाहरु बढिरहेका बेला नेपाल बंगलादेश बैंकमा जागिर खुलेको छ भन्दै ह्याकरहरुको समूहले ग्राहकका डाटा चोरी गरिरहेका छन् ।यसो त सामाजिक सञ्जालमा दूरसञ्चार सेवा नियामक नेपाल दूरसञ्चार प्राधिकरण, सेवा प्रदायक एनसेल र नेपाल टेलिकमको नक्कली पेज बनाइ प्रयोगकर्ताको डेटा ह्याक गर्ने काम अझै रोकिएको छैन । हरेक पटक नयाँ नयाँ प्रलोभनका अफर सार्वजनिक गर्दै प्रयोगकर्ताको सामाजिक सञ्जाल हत्याउने क्रम निरन्तर भइरहेका छन्। बैंकको लोगो दुरुपयोग गरेर यस्तो धन्दा चलाइएको भने यो पहिलोपटक हो । 
के भन्छ बैंक ?
यता बैंक भने यस्तो भ्याकेन्सी आफ्नो बैंकले नखुलाएको र यस्ता गलत सूचनाको भ्रममा नपर्न आग्रह गर्दछ । ‘बैंकको आधिकारिक फेसबुक पेजमा भएका बाहेक बैंकको नाम वा लोगो प्रयोग भएका कुनै पनि एकाउन्टहरु हामीसँग सम्बन्धित छैन ।’ बैंकका सूचना अधिकारी सुरेश देवकोटाले अर्थ सरोकारसँग भने, ‘हामीले यस विषयमा प्रहरीमा उजुरी गरिसकेका छौं ।  ग्राहकहरुलाई यस्तो भ्रममा नपर्न बैंक आग्रह गर्दछ ।’ 

फिसिङबाट कसरी जोगिने ?
एकदम ख्याल गरेर मात्र कुनै पनि लिंकमा क्लिक गर्नु र आफ्नो सामाजिक सञ्जालमा प्रलोभन देखाउने गरी आउने यस्ता पोस्टहरुलाई सुरुमै रिपोर्ट गर्नु सबैभन्दा उत्तम विकल्प भएको विज्ञहरुको तर्क छ । सामाजिक सञ्जालमा प्रयोगकर्ताहरुलाई कुनै पनि पोस्ट ब्लक गर्नेदेखि रिपोर्ट गर्ने अधिकार दिइएको हुन्छ। शंकास्पद लागेका पोस्ट, पेज लगायत प्रयोगकर्ताहरुले सजिलै रिपोर्ट गर्न सक्छन् । नेपाल बंगलादेश बैंकको लोगो प्रयोग भएको यो पेज र पोष्ट केहिले रिपोर्ट गरेको भएपनि अझै डिलिट भने भएको छैन । यसरी बैंकको लोगो नै दुरुपयोग गरेर गरिएको गलत कामले धेरैजना फसेको हुनसक्ने अनुमान गरिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: