
- अर्थ सरोकार सम्बाददाता
काठमाडाैं । नेपाल बैंक लिमिटेडका सञ्चालक समितिका अध्यक्ष मधुकुमार मरासिनीले आज शपथ लिएका छन् । उनले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबाट आज पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । अर्थ मन्त्रालयको तर्फबाट सञ्चालक पदमा नियुक्त भई आएका मरासिनी बैंककाे साेमबार बसेको बैठकबाट सर्वसम्मत रुपमा चयन भएका थिए ।
शपथ ग्रहण कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका गर्भनरले नव नियुक्त अध्यक्षलाई बधाई तथा शुभकामना दिँदै प्रतिस्पर्धी ब्याजदर, समयानुकूल नीति/रणनीतिको माध्यमबाट बैंकको वित्तीय अवस्थालाई अझ मजबुत बनाउन साथै विपन्न वर्ग कर्जा, सहुलियतपूर्ण कर्जाको विस्तारबाट उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्न नेपाल बैंकको विशेष योगदान रहने विश्वास व्यक्त गर] ।
उक्त कार्यक्रममा मरासिनीले नेपालको पहिलो बैंकको सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी निर्वाह गर्ने अवसर प्राप्त भएकोमा खुशी व्यक्त गर्दै यस जिम्मेवारीका लागि नेपाल सरकार, नेपाल राष्ट्र बैंक तथा बैंक सञ्चालक समितिका सदस्यहरुप्रति हार्दिक धन्यवाद व्यक्त गरे । उनले बैंकको वित्तीय परिसूचकहरुमा थप सुधार ल्याउन तथा बैंकको व्यवसायिक विकासका लागि बैंकलाई नयाँ उर्जा र गतिका साथ अघि बढाउन प्रयत्नशील रहने प्रतिबद्वता व्यक्त गरे ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्