
- अर्थ सरोकार सम्बाददाता
पाल्पा । नेपाल बैंक लिमिटेड पाल्पा शाखाको आयोजनामा डिजिटल पाल्पा अभियानअन्तर्गत एकै दिन एक सय अठार (११८) जनालाई फोन पे को क्यू आर स्टेन्ड वितरण कार्यक्रम सम्पन्न भएको छ । ढाका कपडा व्यवसायी, कृषक, कानुनी सेवा व्यवसायी, सहकारी संस्था, विद्यालय, बाईक मर्मत पसल, होटल रेष्टुरेन्ट लगायत विविध क्षेत्रका व्यवसायीहरुलाई क्यू आर स्टेन्ड वितरण गरिएको उक्त कार्यक्रममा तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाखीको प्रमुख आतित्थ्यता रहेका थियो । कार्यक्रममा बोल्दै मेयर शाहीले अब व्यवसायमा क्यास लेस कारोबारका कारण छिटो, छरितो र सरल रुपमा कारोबार गर्न सकिने भएकाले सबैले यसको प्रयोगलाई बढाउनुपर्ने र यसको लागि तानसेनका बैंक तथा वित्तीय संस्थाहरुले यस किसिमको जागरणका कामहरु गर्नुपनकुरामा जोड दिनु भयो ।
कार्यक्रमका विष्ठि अतिथि नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका उपनिर्देशक रमेश न्यौपानेले नगदको प्रयोग गर्दा जोखिम हुने, पैसा छिटो झुत्रो हुने भएकाले राज्यको खर्च पनि बढ्ने हुँदा फोन पे को क्यू आर प्रयोगबाट नगद रहित कारोबार बढ्न जाँदा यसले समग्र रुपमा देशलाई नै फाइदा पुग्ने बताउनु भयो ।
शाखा प्रबन्धक सुरज घिमिरेको अध्यक्षता रहेको उक्त कार्यक्रममा नेपाल बैंक लिमिटेड, लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख पासाङ् दोर्जी शेर्पा, मुख्य प्रबन्धक लेखनाथ भुषाल, उद्योग वाणिज्य संघ, पाल्पाका अध्यक्ष राजु महर्जन, पाल्पा व्यापार संघका सदस्य नारायण वस्याल लगायतले नगदरहित कारोबारमा जोड दिनुपर्ने बताउनु भयो । कार्यक्रम लक्ष्मी शर्माको स्वागत तथा शिवसुन्दर पोखरेलको सञ्चालनमा होटल पौवा, तानसेनमा सम्पन्न भएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्