×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

नेपाल इन्भेष्टमेन्ट बैंकको ४ अर्ब रुपैयाँको ४० लाख कित्ता ऋणपत्र बाँडफाँट, यस्तो छ लगानीकर्ताले पाउने ब्याजदर

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र बाँडफाँट भएको छ । बैंकको ‘८.५ प्रतिशत, ७ वर्षे नेपाल इन्भेष्टमेन्ट बैंक डिबेन्चर २०८४’ ऋणपत्रको बाँडफाँट भएको हो । बैंकले माघ १६ गतेदेखि प्रतिकित्ता एक हजार रुपैयाँ अंकित ऋणपत्र ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र बिक्री खुला गरेको थियो ।  
बैंकले निष्काशन गरेको ४ अर्बको ऋणपत्र मध्ये १ अर्ब ६० करोड रुपैयाँ बराबरको १६ लाख कित्ता सामुहिक लगानी कोषलाई र बाँकी सर्वसाधारणले आवेदन गर्न पाएका छन् । ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले वार्षिक साढे ८ प्रतिशत ब्याजदर पाउनेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: