
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र बाँडफाँट भएको छ । बैंकको ‘८.५ प्रतिशत, ७ वर्षे नेपाल इन्भेष्टमेन्ट बैंक डिबेन्चर २०८४’ ऋणपत्रको बाँडफाँट भएको हो । बैंकले माघ १६ गतेदेखि प्रतिकित्ता एक हजार रुपैयाँ अंकित ऋणपत्र ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र बिक्री खुला गरेको थियो ।
बैंकले निष्काशन गरेको ४ अर्बको ऋणपत्र मध्ये १ अर्ब ६० करोड रुपैयाँ बराबरको १६ लाख कित्ता सामुहिक लगानी कोषलाई र बाँकी सर्वसाधारणले आवेदन गर्न पाएका छन् । ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले वार्षिक साढे ८ प्रतिशत ब्याजदर पाउनेछन् ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्