×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आज माधव-प्रचण्ड समूहको नेपाल बन्द, कस्तो छ प्रभाव ?

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहले बिहीबार नेपाल बन्दको आयोजना गरेको छ । संवैधानिक निकायहरुमा जबरजस्ती नियुक्ति गरिएको भन्दै प्रचण्ड-माधव समूहले पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्ने गर्दै  बिहीबार माघ २२ गते आम हड्ताल गर्ने निर्णय गरेको हो ।

विहानैदेखि देशका विभिन्न स्थानमा नेपाल बन्दको प्रभाव परेको छ । काठमाडौँका विभिन्न स्थानमा विहानदेखि बन्दको प्रभाव परेको देखिन्छ । ठाउँठाउँमा सुरक्षाकर्मीहरु बाक्लो रुपमा खटाइएका छन् । स्कुल, कारखाना, सबै बन्द गरिएका छन् भने विहान खासै पसल पनि खोलेको देखिंदैन । बाटोमा सार्वजनिक सवारी पनि चलेका छैनन् ।
काठमाडौँमा मात्र होइन देशभरका विभिन्न स्थानमा पनि बन्दको प्रभाव परेको देखिएको छ ।
यद्यपी दिउँसो बन्दको अवज्ञा गर्ने कार्यक्रम रेको बताइएको छ ।
अहिलेसम्म तोडफोडका कुनै पनि घटनाबारे खबर भने आएको छैन ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: