×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्से उफ्र्यो, नाफा थुप्र्यो…कारोबार र परिसूचक दुबै ‘अल टाइम हाई’…!

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नेप्से उफ्र्यो, नाफा थुप्र्यो…कारोबार र परिसूचक दुबै ‘अल टाइम हाई’…!

Artha Sarokar

२५ माघ २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजारले नयाँ रेर्कड कायम गरेको छ । आइतबार नेप्से ४८.७४ अंकले बढेर २५ सय २४ विन्दुमा पुगेको छ । नेप्से परिसूचक ४८.७४ अंकले बढ्दा करिब साढे १० अर्ब बराबरको कारोबार भएको छ । यो अहिलेसम्मकै उच्च कारोबार रकम हो ।
यस्तै २०२ कम्पनीको १० अर्ब ४४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । १ करोड ७७ लाख ३६ हजारभन्दा बढी कित्ता सेयर खरिदबिक्री भएको छ । ३ दर्जनभन्दा बढी कम्पनीको भाउ ९ प्रतिशत भन्दा माथि वृद्धि भएको छ । खरिदबिक्री रकममा ५३ करोडभन्दा बढीसहित हिमालयन डिष्टिलरी अग्रस्थानमा छ । यसैगरीनेपाल लाइफ इन्सुरेन्स दोस्रो स्थानमा छ भने तेस्रो स्थानमा शिखर इन्सुरेन्स रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी