×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुरुक्कै उफ्रियो नेप्से ! ९२.४२ अंकले बढेर बन्द भयो बजार, कारोबार रकममा पनि उत्साह

PRIME CA

बुरुक्कै उफ्रियो नेप्से ! ९२.४२ अंकले बढेर बन्द भयो बजार, कारोबार रकममा पनि उत्साह

३ फाल्गुन २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजारमा हरियाली छाएको छ । नेप्से परिसूचक बिहिबारको तुलनामा ९२.४२ अंकले बढेर २५८६.०१ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २०५ कम्पनीको २ करोड २४ लाख ४७ हजार १५७ कित्ता सेयर खरिद बिक्री हुँदा १० अर्ब ३८ करोडमाथिको कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार निर्धन उत्थान लघुवित्तको भएको छ । यस संस्थाको ७० करोड ४८ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश: नबिल बैंक र छिमेक लघुवित्तको भएको छ । आज सबै समूह बढेका छन् । यस्तै आज सबैभन्दा धेरै किसन लघुवित्तका लगानीकर्ताहरुले कमाएका छन् भने पन्चकन्या माई हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: