×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा भने उत्साह कायमै !

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक बुधबारको तुलनामा १६.३४ अंकले घटेर २५२६.६८ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २०६ कम्पनीको १ करोड ५६ लाख ५५ हजार ४८८ कित्ता सेयर खरिद बिक्री हुँदा ८ अर्ब १८ करोडमाथिको कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार डिप्रोक्स लघुवित्तको भएको छ । यस बैंकको ५६ करोड ६३ माथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश: नबिल बैंक र कुमारी बैंककोको भएको छ । आज ३ समूहबाहेकका अरु सबै समूह घटेका छन् । यस्तै आज सबैभन्दा धेरै चन्द्रागीरिका लगानीकर्ताहरुले कमाएका छन् भने सपोर्ट लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: