
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले केही समूह हेरफेर गरेको छ । नेप्सेले सूचीकृत समूहहरूको हेरफेर तथा समूह विभाजन गरेको हो । जसमा लगानी समूह थपिएको छ । सो समुहमा ४ वटा कम्पनी परेका छन् । अन्य समुहमा रहेको ४ वटा कम्पनीलाई लगानी समूहमा राखिएको हो । लगानी समूहमा नागरिक लगानी कोष, एचआइडीसीएल, निफ्रा, एनआरएन परेका छन् । यस्तै यसअघिको होटेल्स समूहको नाम परिवर्तन गरी होटेल्स तथा पर्यटन समूह बनाइएको छ । यसमा भर्खरै बजारमा सूचीकृत चन्द्रागिरि हिल्स परेको छ भने बाँकी होटेल्सहरु यथावत छन् । यसअघि नेप्सेमा म्युचुअल फन्डबाहेक ११ वटा समूह रहेका थिए । अब १२ समूह भएको छ । म्युचुअल फन्डसमेत गर्दा १३ समूह हुन्छ । हाल नेप्सेमा २१८ वटा कम्पनी सूचीकृत छन् ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्