
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कोरोबारको तेस्रो दिन मंगलबार नेप्से परिसूचक घटेको छ । आइतबार र सोमबार उत्साह छाएको सेयर बजार मंगलबार घटेको हो । आइतबार ४८.७४ अंक र सोमबार ३७.४८ अंकले बढेको बजार मंगलबार २९.०१ अंकले घटेको हो । नेप्से सूचक २९.०१ अंकले घटेर २५३२.४६ विन्दुमा आइपुगेको छ । २९.०१ अंकले सूचक घट्दा ८ अर्ब १४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
१ सय ९२ कम्पनीका १ करोड ५९ लाख ८५ हजार १ सय ९८ कित्ता सेयर खरिदबिक्री भएको छ । बजार घटेको दिन विकास बैंक र वित्त समूह मात्रै चम्किएका छन् । विकास बैंक समूह २५.५२ अंक र वित्त समूह १२.७२ अंकले बढेका हुन् । बाँकी समूह राताम्मे हुँदा सबैभन्दा बढी जीवन बीमा २७४.०३ अंकले घटेको हो । ४ कम्पनीको भाउ ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ । खरिदबिक्री रकममा ३४ करोडभन्दा बढीसहित ग्रामीण विकास लघुवित्त अग्रस्थानमा रहेको छ । दोस्रो स्थानमा प्रभु बैंक रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्