×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

३३.३३ अंकले घट्यो नेप्से, ६ अर्ब ९२ करोडमाथिको कारोबार !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

३३.३३ अंकले घट्यो नेप्से, ६ अर्ब ९२ करोडमाथिको कारोबार !

Artha Sarokar

२ फाल्गुन २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक बिहिबारको तुलनामा ३३.३३ अंकले घटेर २४९३.५९ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २०२ कम्पनीको १ करोड ४८ लाख ५१ हजार ५९२ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ९२ करोडमाथिको कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार नेको इन्स्योरेन्सको भएको छ । यस संस्थाको ५२ करोड ३३ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश: नेपाल बैंक र नेपाल दुरसंचार कम्पनीको भएको छ । आज ३ समूहबाहेकका अरु सबै समूह घटेका छन् । यस्तै आज सबैभन्दा धेरै निफ्राका लगानीकर्ताहरुले कमाएका छन् भने सपोर्ट लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी