
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले कार्ड प्रयोग गरी सस्थोडिलमा किनमेल गर्दा १२ प्रतिशत क्यासब्याक पाउने भएका छन् । ई–कमर्श प्ल्याटफर्म सस्थोडिलमा किनमेल गर्दा ५०० सम्म नगद फिर्ता प्राप्त गर्न सकिने भएकाे हाे ।
बैंक र सस्ताेडिलबीचको समझदारीअनुसार फाल्गुन १५ देखि प्रत्येक शनिबार यस बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले आफुलाई चाहिएको सामग्री किनमेल गरी आकर्षक मौकाको फाइदा उठाउन सक्नेछन् । यसका लागि ग्राहकहरूले सामग्री खरिद गर्न कुल रकम भुक्तानी गर्नुपर्नेछ भने त्यसको सात कार्य दिनपछि बैंकले निजले प्राप्त गरेकाे नगद फिर्ता रकम सम्बन्धित बैंक खातामा जम्मा गरिदिने व्यवस्था गरेको छ ।
बैंक मुलुकभर रहेका ३५२ शाखा कार्यालयहरू, ४७१ एटिएम, ७५ वटा विस्तारित काउण्टर एवं ७८ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्