×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनआइसी एशिया लघुवित्तमा ‘लफडा’: १३ बुंदे माग राख्दै झन्डै २ दर्जन कर्मचारीले दिए सामुहिक राजीनामा ! (प्रमाणसहित)

  • अर्थ सरोकार सम्बाददाता
काभ्रे । व्यवस्थापनले मनपरी ढंगले काम गरेको भन्दै कर्मचारी आन्दोलित भएपछी एनआइसी एशिया लघुवित्तमा ‘लफडा’ निम्तिएको छ । व्यवस्थापनले कर्मचारीहरुको मागको सुनुवाई नगरेको, आफुखुसी कर्माचारीसम्बन्धि निर्णय गरेको, श्रम ऐनको पालना नगरेको, कर्मचारीको समस्या के छ भन्ने जानकारीसमेत नलिएको लगायतका गुनासोसहितका कारण देखाउँदै दर्जनौं कर्मचारीले एक साथ राजिनामा दिएपछी ‘लफडा’ निम्तिएको हो । 
अर्थ सरोकारलाई प्राप्त उक्त राजीनामा पत्रमा राजीनामा दिने कर्मचारीहरुको नामसमेत उल्लेख गरिएको छ भने कर्मचारी संघर्ष समितिले संघर्षका कार्यक्रम पनि गर्ने निर्णय गरेको छ । उक्त निर्णयमा व्यवस्थापनले मनपरी ढंगले कर्मचारीको अहित हुनेगरी काम गरेको भन्दै लघुवित्तमा आन्दोलन गर्ने निर्णयसमेत गरिएको छ ।
अहिले दर्जनौं कर्मचारीले सामुहिक राजिनामा दिएपछी लघुवित्तको काम प्रभावित भएको छ । काम यतिसम्म प्रभावित भएको छ कि, लघुवित्तका ग्राहकहरुसमेत आफुले चिनेको कर्मचारीले लफडा निम्तिएर जागिर छोडेपछी अव के हुन्छ भन्दै लघुवित्तमा बुझ्न आउन थालेका छन् ।
यस विषयमा बुझ्न पटक पटक हामीले कम्पनीका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण चालिसेलाई सम्पर्क गरेका थियौं । तर आफु मिटिङमा भएको एसएएस पठाएका उनले पछी पनि पटक पटक हाम्रो सम्पर्कको प्रयासमा पनि उनी सम्पर्कमा आउन चाहेनन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: