Skip to content
LAXMI SUNRISE BANK

नेप्सेको टिएमएसमा समस्या, निफ्राको सेयर मूल्य शत प्रतिशत घटेको देखिएपछी सेयर बजारमा हल्लीखल्ली

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको चौंथो दिन बुधबार नेप्सेको अनलाइन कारोबार प्रणालीमा समस्या आएको छ । निफ्राको सेयर बिक्री गर्नेको ह्वात्तै चाप बढेपछी समग्र कारोबार प्रणालीमा मै समस्या आएको बताइएको छ । जससंगै केही समयका लागि निफ्राको सेयर कारोबार स्थगित गरिएको छ भने अरु कम्पनीको सेयर कारोबार सुचारु गराइएको छ ।
अनलाइन कारोबार प्रणालीमा आएको समस्या समाधानका लागि वाइको र नेप्सेले गृहकार्य गरिरहेको पनि नेप्सेले जनाएको छ । ५६४ रुपैंयामा निफ्राको सेयरमा धेरै बिक्री चाप आएकाले कारोबार क्यू बढेपछि समस्या आएको अनुमान गरिएको छ । केही समय सबै कम्पनीको कारोबार प्रणालीमा समस्या आएको भए पनि निफ्राको कारोबार अर्डरहरु प्रणालीबाट अलग गराएर अरु कम्पनीको कारोबार सुचारु गराइएको वाइकोले जनाएको छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK