- अर्थ सरोकार सम्बाददाता
काठमाडाैं । एनएमबि बैंकले चितवनकाे महानगर फलफूल तथा तरकारी बजारमा क्युआर मार्फत भुक्तानी सुरु गरेको छ । बैंकको वाग्मती प्रदेश प्रमुख गणेश पराजुलीको सभापतित्वतामा महानगर फलफूल तथा तरकारी बजारका व्यवसायीहरुलाई बैंकले क्युआर कोड हस्तान्तरण गरेकाे हाे ।
सो कार्यक्रममा फलफूल तथा तरकारी थोक व्यवसायी संघका उपाध्यक्ष मुकुन्द प्रसाद गौतम, महासचिव जयराम पाण्डे, व्यवसायी पुरुषोत्तम गौतम तथा तरकारी व्यवसायीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । बैंकले साना तथा मझौला उद्यमीलाई विगत देखी केन्द्रविन्दुमा राखेर सहकार्य गर्दै आएको छ ।