×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘पहिलाका सरकारले कृषिलाई मतलव गरेनन्, यो सरकारको प्राथमिकता चाहिँ कृषि नै हो’ (भिडियो)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

‘पहिलाका सरकारले कृषिलाई मतलव गरेनन्, यो सरकारको प्राथमिकता चाहिँ कृषि नै हो’ (भिडियो)

Artha Sarokar

२१ माघ २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा अर्यालले सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको बताउनुभएको छ । मंगलबार नेपाल चेम्बर अफ कर्मर्सको आयोजनामा भएको नेपालमा व्यवसायिक कृषि विकासका सम्भावना र चुनौति विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री अर्यालले अघिल्ला सरकारको पालामा कृषि क्षेत्रलाई प्राथमिकतामा नराखिएको भएपनि यस सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको बताउनुभएको हो ।
सरकारले कृषिको व्यवसायिकरण, औद्योगिकरण, यान्त्रिकरण र बजारीकरणलाई व्यवस्थित गर्नको निम्ति आवश्यक कानुन निर्माण गरेको उहाँको भनाई छ । सरकारले नीति निर्माणको साथसाथै कार्यक्रम पनि अघि सारेको उहाँले बताउनुभयो । किसानलाई उत्साहित बनाउन विभिन्न नामका कृषिको परियोजना अघि सारेको तथा पशु क्षेत्रमा लागेका किसानहरुलाई उत्साहित बनाउन कृषि फर्महरुको सुरुवात भएको उहाँको भनाई छ । मन्त्री अर्यालले कृषिको व्यवसायिकताको निम्ति जग्गामा हदबन्दी नलगाउने कानुन आफु भुमि मन्त्रालयमा हुँदा नै बनाएको पनि जानकारी दिनुभयो ।
उहाँले सरकारले मात्रै मुलुकको विकास गर्न सम्भव नभएको भन्दै कृषि क्षेत्रमा नीजि क्षेत्रसँग पनि सहकार्य गरिने बताउनुभयो । मन्त्री अर्यालले परम्परावादी र निर्वाहमुखि उत्पादन गरेर मात्रै नहुने भन्दै व्यवसायिक उत्पादनका निम्ति कहाँको जमिनमा के उत्पादन हुन्छ कम्युटरबाटै पत्ता लगाउन सक्ने सफ्टवेयर विकास गरेर फागुनको पहिलो हप्ता उद्घाटन हुनेपनि बताउनुभयो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी