×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘किसानले पसिनाको उचित मूल्य पाउनुपर्छ, बजार र किसानलाई प्रत्यक्ष जोड्छौं’ : मन्त्री अर्याल(भिडियो)

PRIME CA

‘किसानले पसिनाको उचित मूल्य पाउनुपर्छ, बजार र किसानलाई प्रत्यक्ष जोड्छौं’ : मन्त्री अर्याल(भिडियो)

२७ माघ २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा कुमारी अर्यालले मन्त्रालयले किसान र बजारलाई प्रत्यक्ष जोड्ने विधि बनाउने बताउनुभएको छ । मंगलबार कालीमाटी फलफूल तथा तरकारी बजारको अवलोकन गर्दै मन्त्री अर्यालले किसानको पसिनाको उचित मुल्य प्राप्त गर्नुपर्ने बताउँदै बजार र किसानलाई प्रत्यक्ष जोड्ने विधिको निम्ति मन्त्रालयले सोच बनाएको बताउनुभएको हो ।
उत्पादित वस्तुको बजारीकरणको व्यवस्था गर्नु आजको आवश्यकता भएकाले किसानलाई बजारको व्यवस्थापन गर्न उत्पादित वस्तुको बजारको ग्यारेन्टी सरकारले गर्ने उहाँको भनाई छ । उत्पादनलाई बढावा दिने तथा उत्पादनलाई बजारमा विक्रि हुने वातावरण बनाउन सरकारको तर्फबाट योजना ल्याउने उहाँले बताउनुभयो । मन्त्री अर्यालले भोली जुनसुकै परिस्थिति आउँदापनि समस्या नआउने गरी मलको भण्डारण स्थापना गर्ने बताउनुभयो । किसानलाई मलको अभाव हुन नदिने उहाँको भनाई छ । अहिले गहुँ लगाउने सिजनमा पनि मल पर्याप्त रहेको र किसानले सहज ढंगले मल पाएको उहाँको दाबी छ । मन्त्री अर्यालले कालीमाटी फलफूल तथा तरकारी बजारमा अनुगमनका क्रममा व्यवस्थित ल्याब रहेको भेटेको बताउनुभयो ।
छिट्टै परिक्षण गरी खराब चिजहरुलाई नियन्त्रण गरी उपभोक्ताको जान नदिन फास्टट्रयाकबाटै काम भएको पाएको उहाँको भनाई छ । उहाँले कालीमाटी बजारको फोहोर व्यवस्थापनलाई वैज्ञानिक हिसाबले व्यवस्थापन गर्ने चुनौती रहेको पनि बताउनुभयो । त्यस्तै केही स्टलहरुको बेथितिलाई नियन्त्रण गरी प्रणालीमा ल्याउनुपर्ने उहाँको भनाई छ । कालीमाटी फलफूल तथा तरकारी बजारको साधारणसभा सम्म मन्त्रालय र बजार व्यवस्थापन बसेर बेतिथति अन्त्य गरी व्यवस्थित गराउनको निम्ति योजना लिएर आउने मन्त्री अर्यालले बताउनुभयो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: