×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘पत्रकारलाई पनि तालिम पुगेन’ : सञ्चार मन्त्री(भिडियो)

PRIME CA

‘पत्रकारलाई पनि तालिम पुगेन’ : सञ्चार मन्त्री(भिडियो)

२५ माघ २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पत्रकारहरुलाई तालिमको जरुरी रहेको बताउनुभएको छ । आइतबार काठमाडौंमा आमसञ्चार र श्रमजीवि पत्रकार नीति, कार्यक्रम र बजेट विषय छलफल कार्यक्रममा बोल्दै मन्त्री गुरुङले पत्रकारहरुलाई तालिमको जरुरी रहेको बताउनुभएको हो । तालिमप्राप्त पत्रकार नहुँदा विकृति, विसंगति जन्मिएको भन्दै उहाँले पत्रकारहरुको निम्ति तालिम केन्द्रको विकास नगरी पत्रकारीता क्षेत्रको गुणस्तर नहुने बताउनुभयो । आफ्नो योग्यता, क्षमता र गुणस्तर बिना बजारमा बिक्रि हुन्नौँ भन्ने हेक्का पत्रकारहरुले पनि राख्नुपर्ने उहाँको भनाई छ ।
उहाँले विरोध गरेपछि मात्रै पत्रकार भइन्छ भन्ने धारणा परिवर्तन नगरेसम्म पत्रकारिता क्षेत्रलाई सम्मानित, मर्यादित र जिम्मेवार बनाउन नसकिने पनि बताउनुभयो । मन्त्री गुरुङले पत्रकारहरुका लागि प्रशिक्षण प्रतिष्ठान खोल्ने कुरा सरकारको नीति कार्यक्रममा ल्याउने बताउनुभयो । उहाँले अनलाइन नविकरणका लागि जिल्ला हुलाक कार्यालबाट हुनेगरी नीतिगत निर्णय गरिएको भएपनि हुलाकका कार्मचारी दक्ष नहुँदा प्रभावकारी नभएको बताउनुभयो । पत्रकार प्रेस पासबारे कार्यविधि बनाएर वर्षैपिच्छे नविकरण गर्ने परम्पराको अन्त्य गर्ने प्रयत्न गर्ने उहाँको भनाई छ । उहाँले पत्रकारको समस्या समाधानको निम्ति प्याकेज बनाएर अघि बढ्ने बताउनुभयो । पत्रकारहरुका लागि कोभिड १९ कोरोना भाइरसविरुद्धको खोपको व्यवस्था गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: