
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ ।’शंकास्पद कारोबार’को ‘अखडा’ को रुपमा बदनाम भएको पशुपति सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेड चरम आर्थिक संकटमा फसेको छ । यसरी संस्थाले सदस्यको बचत फिर्ता नै दिन नसक्ने अवस्थामा पुगेपछी अहिले एकातर्फ बचतकर्ताहरुको रुवाबासी चलेको छ भने अधिकांस कर्मचारीहरु बिदामा छन् ।
संस्थाले बचतकर्ताहरुलाई तत्काल पैसा फिर्ता गर्न नसक्ने भन्दै महिनौंदेखि झुलाईरहेको छ । ‘भोली भोली भन्दाभन्दै महिनौं बिती सक्यो । तर सहकारीले हाम्रो पैसा फिर्ता गरेको छैन ।’ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै संस्थाका एक सदस्यले भने, ‘संस्था डुबिसकेछ । हाम्रो बचत फिर्ता पाएका छैनौं ।’
यता संस्थाले बचत फिर्ता गर्न नसकेको संस्थाका अध्यक्ष सिबी लामालेसमेत स्वीकारेका छन् । ‘एक वर्ष अधि पैसाको समस्या भएको हो, अव विस्तारै भुक्तानी दिन्छौं ।’ उनले भने ।
केहि समयअघि सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी ऐन र निर्देशन पालना नगरेपछि सहकारी विभागले ललितपुरस्थित पशुपति सेभिङ एण्ड क्रेडिट सहकारी कुमारीपाटीलाई १० लाख रुपैयाँ जरिवाना गरेको थियो। त्यसैबेला देखि यो कोअपरेटिभलाई शंकास्पद कारोबारको अखडाका रुपमा लिइदै आएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्