×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनद्वारा इन्धनको मूल्य वृद्धिको बिरोधमा प्रदर्शन, तत्काल फिर्ता लिनुपर्ने माग (भिडियो)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनद्वारा इन्धनको मूल्य वृद्धिको बिरोधमा प्रदर्शन, तत्काल फिर्ता लिनुपर्ने माग (भिडियो)

६ फाल्गुन २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको बिरोध गर्दै नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूह निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनले प्रदर्शन गरेको छ । विद्यार्थीहरुले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि सरकारले तत्काल फिर्ता लिनुपर्ने भन्दै देशभरका क्याम्पस अगाडि विरोध प्रदर्शन गरेका हुन् । विद्यार्थीहरुले कालोपट्टी बाँधेर नाराबाजी गरेका थिए । मूल्यवृद्धि फिर्ता गर, महँगी बढाउन पाईदैन, जनतामाथि ऋणको भार यही हो तिम्रो समाजवाद लगायतका नारा लगाएका थिए । 
काठमाडौंको प्रदर्शनी मार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पस अगाडि विद्यार्थीहरुले टायर बालेर विरोध प्रदर्शन गरेका थिए । विद्यार्थीहरुले बालेको टायर प्रहरीले नियन्त्रणमा लिएर निभाएको थियो । आन्दोलनरत विद्यार्थीहरुले नेपाल आयल निगमले एक सातामै दुईपटक पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै तत्काल मूल्यवृद्धि फिर्ता लिन माग गरेका छन् । नेपाल आयल निगमले मंगलबार रातिदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएको छ । यससँगै पेट्रोलको मूल्य प्रतिलिटर १ सय १४ रुपैयाँ पुगेको छ । यस्तै डिजेल ९७ रुपैयाँ, मट्टीतेल ९७ रुपैयाँ र हवाई इनधन ६७ रुपैयाँ कायम भएको छ । हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्

सिफारिस: